हास्य अभिनेता आदर्श मिश्रको ‘एकादेशको शहर’ गीत सार्वजनिक
राजिव खड्का काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा सुरज महर्जनको बिल्कुलै नयाँ गीत ‘एकादेशको शहर’ बजारमा आएको छ। फरक बिषयबस्तुलाई टपक्क टिपेर कमेडी गरि लाखौं दर्शक श्रोताको मन जितिसकेका आदर्श मिश्रको मुख्य अभिनय रहेको उक्त गीत सुरज महर्जनको सुमधुर स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उहाँकै रहेको छ। संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई विकास केसीले छायांकन तथा सम्पादन गरेका छन् ।
आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै विदेशीएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। हामी प्रत्येकले हामी भित्र एउटा शहरको कल्पना गरेका हुन्छौँ, तर यो थाहा हुदैन कि त्यसको स्थान कहाँ छ । जीवनको यात्राले जता जता डोहोर्याउछ तेतै तेतै तिर लम्केर भेटिएला कि त्यो ‘एकादेशको शहर’ ! यी र यस्तै भावमा आधारित रहेको उक्त गीतको भिडियो surajmaharjan यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नको लागी:
https://www.youtube.com/watch?v=Mng7BAn2-ps
क्याटेगोरी : समाचार
ट्याग : #'एकादेशको शहर'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्