Techie IT
आईतबार, असोज ४,२०८३

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छुः शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।

सभापति देउवाले सामाजिक सञ्जालमार्फत नेम्वाङको निधनले स्तब्ध भएको जनाएका छन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेम्वाङको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगिएको थियो । राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्