मुटु फाउण्डेशनसहित विभिन्न संस्थाद्धारा गोरखामा दुईदिने निःशुल्क स्वास्थ्यशिविर
गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा दुईदिने वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुटु फाउण्डेसन नेपाल, मनोज एसोसियसन फ्रान्स र सोलिडअप पेरिसको प्रायोजनमा तथा ग्रिनसिटी अस्पताल बसुन्धाराको प्राविधिक सहयोगमा दुईदिने निःशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको हो । शहिद लखन गाउँपालिकाका वडा नं ४ का वडाअध्यक्ष यमबहादुर थापाको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्यशिविर सञ्चालन भएको मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो ।
उक्त स्वास्थ्य चेकजाँचमा ग्रीनसिटी अस्पतालका स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डा अनिता थापा, जनरल फिजिसियन डा प्रमेस, डा निदान रावल, डा मनिष पनेरु र अल्ट्रासोनोलोजिष्ट डा विनोद शाहको समुहद्धारा स्वास्थ्यजाँच गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र श्रेष्ठले बताउनुभयो । उक्त शिविरमा ९९ बर्षका बृद्धा एकबहादुर थापाले पनि स्वास्थ्य चेकजाँच गराउनुभएको थियो । शिविरमा ६६८ जनाले स्वास्थ्य चेकजाँच गराउनुको साथै २३४ जनाको युएसजी चेकजाँच र १३० जनाको ईसीजी गराउनुभएको फाउण्डेशनका अध्यक्ष गुरुङले बताउनुभयो ।
सोही अवसरमा ७२ जनाको रगत जाँच गरिएको थियो । उक्त संस्थाले गत महिनामात्र आगालागीबाट क्षति पुगेको बुङकोट स्वास्थ्य चौकी, घैरुङ स्वास्थ्य चौकी, मनकामना स्वास्थ्य चौकी, ताकलुङ स्वास्थ्य चौकीलाई रु १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । उक्त ठाउँ मगर, चेपाङ र दरै जातीको बाहुल्यता रहेको क्षेत्र हो ।
क्याटेगोरी : समाचार
ट्याग : #मुटु फाउण्डेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्