४४ अंकले बढ्यो नेप्से
२५ भदौ, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।
सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो । ती कम्पनीको सेयर मूल्य क्रमशः ९९८,९.९७ र ९.८७ प्रतिशतले बढेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९.८५ प्रतिशतले बढ्यो ।
सोमबारको बजारमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ, नेपाल बैंक डिबेञ्चर ८.५ र राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फण्डले धेरै गुमाउन पुगे ।
दोस्रो बजारमा साल्ट ट्रेडिङको सेयर सबै भन्दा धेरै कारोबार हुने कम्पनी रह्यो । ६ करोड २५ लाख बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । दोस्रो धेरै कारोबार ५ करोड ७१ लाख बराबरको एभरेष्ट बैंंकको भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्