एमाले बागमती प्रदेश अधिबेशन : भोली एमाले काठमाडौं जिल्ला कमिटि अन्र्तगत ११ वटै पालिकाहरुको मनोनयन दर्ता हुँदै
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट अन्र्तगत भाद्र २५ गते उम्मेदवार मनोनयन गर्दे छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाका अनुसार मनोनयन दर्ता ११ वटै पालिकाहरु जिल्ला पार्टी कार्यालयमा बिहान ११ बजे बाट २ बजे सम्म हुने छ ।
जसका लागी १ प्रस्तावक र १ समर्थक आबश्यक पर्ने छ ।
नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट यहि भाद्र २७ गते हुन गहि रहेको छ। प्रतिनिधि बन्न इच्छुकले जिल्ला पार्टी कार्यालयमा १०० रुपैया तिरि फार्म भर्नपर्ने बताइएको छ ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिबेशनहरुको मिति तोकिएपछी प्रदेश अधिबेशन अन्र्तगत काठमाडौ जिल्ला कमिटि तयारीमा जुटेको हो।
लुम्बिनी प्रदेशले हालै प्रदेश अधिबेशन सम्पन्न गरी नयाँ नेत्रित्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ।

क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौ जिल्ला कमिटि, #एमाले बागमती प्रदेश अधिबेशन, #दिपक निरौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्