कांग्रेस सिरहाका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेश
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेस सिरहाका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार महेशकुमार अधिकारी लगायत ११ जना छन् ।
पार्टी प्रवेशका लागि आज शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओलीले खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।
नेकपा एमाले प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा सिरहा जिल्ला सदस्य राजेन्द्र यादव, क्षेत्रीय प्रतिनिधिहरू सूर्यकुमार यादव, दिलचन्द सिंह, रामएकवाल यादव, विनोद महतो, योगेश कुमार सिंह, क्रियाशील सदस्यहरू चन्द्रकिशोर यादव, मुकेश यादव, रामपुकार साह र माओवादी केन्द्रका रिकेशप्रसाद साह छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्