भारतीय साढे १० लाख रुपैयाँसहित एक जना पक्राउ
विराटनगर । विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो ।
विराटनगर–१६ बाट आइतबार पक्राउ परेका उनको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ बरामद भएको छ ।
शंका लागेर प्रहरीले झोला चेकजाँच गर्दा ५०० दरका भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । नेपालमा ५०० दरका भारतीय नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
थप अनुसन्धानको लागि पक्राउ परेका यादव र नगद राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइने डीएसपी दाहालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्