कान्ती बाल अस्पतालको लापरबाही बाट पिडित बालिकाको परिवार भेट्न महेश वर्तौला थाहा नगरपालिका नुलगाउँमा
बालिकाको परिवार भेट्न नुलगाउँमा एमाले सचेतक महेश वर्तौला कान्ती बाल अस्पतालको लापरबाही बाट लगातार ज्वरो र वान्ताले थलिएकी रेजिशा गोपालीको ज्यान गएकोमा सदनमा न्याय मागिरहेका छन् । यसै विचमा वर्तौला बालिकाको हजुबुबा तथा आमा र परिवार भेट्न मकवानपुरको थाहा नगरपालिका १० स्थित घरैमा पुग्नु भएको हो ।
साँसद वर्तौलाले २२ गते प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै घटनाले अस्पतालभित्रको बेथिति झल्काएको र निर्देशकले जिम्मा लिनुपर्ने बताउनु भएको थियो । ‘वैदेशिक रोजगारीमा पोर्चुगल गएको बुवाको सपना कान्ति बाल अस्पतालको लापर्बाहीका कारण चकनाचुर भयो,’ सदनमा उहाँले भन्नु भयो, ‘चरम गैरजिम्मेवारीपनले पाँच वर्षको बच्चाको मृत्यु भयो । यसले अस्पतालभित्रको बेथिति देखाउँछ । निर्देशक र अस्पताल विकास समितिले यसको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्छ ।
पीडितलाई अविलम्ब न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गर्दछु ।’ उहाँको सचिवालयले दिएको जानकारीका अनुसार सचेतक वर्तौलाले हिजो शनिवार विहान करिव ८ः०० बजेको समयमा मकवानपुरको थाहा नगरपालिका १० स्थित गोपालीको घरैमा पुगेर परिवारलाई भेट्नु भएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #कान्ती बाल अस्पतालको लापरबाही बाट पिडित बालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्