फोकस नेपालको ११ औँ वार्षिकोत्सवमा बिभिन्न ब्यक्तित्व सम्मानित
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औधोगिक वातावरण निर्माण गर्न सरकार लागेको बताउनुभएको छ ।
फोकस नेपालको ११ औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार आयोजित ‘औधोगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सरकार मुलुकमा औधोगिक वातावरण निर्माणमा लागेको बताउनुभएको हो ।
“कुनै पनि मुलुकको आर्थिक विकास हुनुमा औधोगिक क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ, औधोगिक क्षेत्रको विकासका लागि सरकार लागेको छ,”–उहाँले भन्नुभयो । नेपालमा ८७ वर्ष पहिले विराटनगरमा जुट मिल स्थापना भएदेखि नै संगठित औधोगिक क्षेत्रको विकास भएको उहाँको भनाई थियो ।
मन्त्री रिजालले औधोगिक क्षेत्रको विकास भएको लामो समय भएपनि नेपालले अपेक्षित उपलब्धि हाँसिल गर्न नसकेको बताउनुभयो । औधोगिक क्षेत्रको विकासका लागि नेपालले विगतदेखि नै विभिन्न चुनौतीको सामना गर्दै आएका उहाँको भनाई थियो । नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि धेरै मेहनत गर्नुपर्ने अवस्था आएको मन्त्री रिजालले बताउनुभयो ।
“हाम्रो कठिन भू–धरातलका कारण एकातिर उद्योग खोल्नका लागि आवश्यक पूर्वाधार निर्माणमा कठिनाई भइरहेको छ, अर्कातिर पर्यावरण जोगाएर उद्योगका लागि पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको छ,”– उहाँले भन्नुभयो । मन्त्री रिजालले चुनौती र अफ्ठयाराका बाबजुद हामीसँग सम्भावना र अवसर थुप्रै रहेको बताउनुभयो ।
जलस्रोत, जडिवुटी, बनस्पति, खनिजजस्ता प्राकृतिक सम्पदाको प्रयोग गरेर विभिन्न उद्योगहरु स्थापना गर्न सकेमात्र नेपालको औधोगिक विकासले कोल्टे फेर्ने उहाँको भनाई थियो । मन्त्री रिजालले सरकारले साना, मझौला र ठूला उद्योगलाई प्रवद्र्धन गर्नका लागि विभिन्न आर्थिक र भौतिक सहायताहरु प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । सरकारले नयाँ उद्यमीलाई प्रोत्साहन गर्दै आएको उहाँको भनाई थियो ।
आत्मानिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाई थियो । कार्यक्रमका विशेष अतिथी गैर आवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले फोकस नेपाललाई शुभकामना ब्यक्त गर्दै एनआरएनलाई देश निमार्णमा प्रयोग गर्न सरकारलाई अनुरोध गरे ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपाल एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको बताउनुभयो ।
कार्यक्रममा जनसवाल रास्ट्रिय दैनिकका सम्पादक रामजी बगाले,समाजसेवी राम प्रसाद न्यौपानेलगाएतले फोकस नेपाल र सम्मानित सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । उक्त अवसरमा समाजसेवा र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरु एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल९रेम्स०,नेपाल बैदेशिक रोजगार ब्यावसायि संघका महासचिव मेघनाथ भुर्तेल,रसुवाको आमाछोदिम गाउपालिकाका अध्यक्ष बुचुङ्ग तामाङ,नेपाल स्वास्थ्य ब्यावसायी महासंघका पुर्व बरिस्ठ उपाध्यक्ष जिवन कुमार केसी,जेएमएस उधोग प्रालिका अध्यक्ष एबं नेपाल स्वास्थ्य ब्यावसायी महासंघका पुर्व महासचिव मुकुन्द भट्टराई,ब्यावसायी किसान कुमार श्रेस्ठ,गिता गुरुङ लगाएतलाई उधोग मन्त्री रिजालले सम्मान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #फोकस नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्