एशिया कपको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त
काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ ।यो खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३स् १५ बजेदेखि खेल हुदै छ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।
यस एशिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ । समुह चरणमा भएको खेल बर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि बर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन ।
‘रिजर्भ डे’ हुने
भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ । एशियन क्रिकेट काउन्सिल ९एसीसी० ले कोलम्बोमा बर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ दे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।
कस्तो छ इतिहास रु
क्रिकेट फ्यानका लागि भारत र पाकिस्तानबीचको खेल बहुप्रतिक्षित नै हुने गर्दछ । यस पटक पनि एशिया कपमा भारत र पाकिस्तानको खेल प्रति सबै क्रिकेट फ्यानको नजर रहेको छ । भारत र पाकिस्तानबीचको खेललाई क्रिकेटको एल क्लासिको पनि भनिन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै ५ खेलको नतिजा निस्केको छैन ।
त्यस्तै एशिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै २ खेल नतिजाविहिन बनेको थियो ।
पछिलो समयमा भारत र पाकिस्तानबीच आइसीसी र एसीसीका प्रतियोगितामा मात्र खेल हुने गरेका छन् । दुवैबीच २००७(०८ यता कुनै टेस्ट सिरिज भएको छैन । त्यसपछि २०१२(१३ मा पाकिस्तान टिमले भारतको टूर गरेपनि २ टी(२० र ३ एकदिवसीय खेलको सिरिज मात्र खेलेको थियो । यस टूरमा टेस्ट खेल खेलिएको थिएन ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #एशिया कप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्