एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा आकांक्षी को को ?
एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ ।
हाल ४ सय ७७ जना रहेको बागमती प्रदेश कमिटीमा असोज ८-९ गतेको अधिवेशनले २ सय ४० जनाको कमिटीमात्रै चयन गर्दैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । सहमति प्रयास गर्दा पनि लुम्बिनिमा अध्यक्षसहितका केही पदाधिकारीको टुंगो मतदानबाट लाग्यो । यहाँ पनि आकांक्षीको दाबी हेर्दा चुनावको सम्भावना बढेको नेताहरू बताउँछन् ।
संघीय राजधानी समेत रहेका कारण वागमति प्रदेशको नेतृत्व एमालेका लागि रणनीतिक महत्वको छ । पछिल्लोपटक एमाले सबैभन्दा कमजोर निर्वाचन परिणाम पनि वागमतिमै पाएको छ । त्यसैले यहाँको नेतृत्व प्रभावशाली हुनुपर्ने नेताहरु बताउँछन् ।
अध्यक्ष बन्न पार्टीको पोलिटव्यूरो सदस्यले पनि आकांक्षा देखाएका छन् । एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य भक्तपुरका महेश बस्नेत सम्मको चर्चा रहेको छ ।
एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे सहित पोलिटब्युरो सदस्य महेश बस्नेत, अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम चर्चामा छ । कार्यकारी पद रहेकाले पार्टीको माथिल्लो तहका नेताहरुले समेत सो पदमा चासो व्यक्त गरेका छन् ।
एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए ।
१ लाख ७हजारको संगठिन सदस्य रहेको बागमतीमा प्रदेश अधिवेशनका लागि १२०० भन्दा बढी अधिवेशन प्रतिनिधि चयन हुने उपसचिव बर्तौलाले बताए । जसमा एक तिहाई महिला प्रतिनिधि तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको प्रतिनिधित्व १० प्रतिशत अनिवार्य गरिएको छ ।
प्रदेश कमिटिमा बहाल रहेका सदस्यहरुले प्रतिनिधि बन्न चाहेमा सम्बन्धित भूगोलबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ भने ५० जना संगठित दलित सदस्य बराबर १÷१ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । साथै, पेशागत महासंघहरुबाट पनि अधिवेशनमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले बागमती प्रदेश अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्