काठमाडौं २६ मा स्थानीय महिलाहरूसँग दर खाने कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाण्डौं । नेकपा माओवादीको रूपान्तरण सहित जनतासँग माओवादी घरघरमा तिनमहिने अभियान अन्तर्गत आज नेकपा माओवादी केन्द्र काठमाडौं वडा नं २६ अन्तर्गत सरस्वती कलेज ठमेल नाट्यश्वरी नमस्ते पार्टी भेनुमा स्थानीय महिलाहरूसँग दर खाने कार्यक्रम सहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
काठमाण्डौ वडा नं २६ का पार्टी अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय समिती केन्द्रीय अध्यक्ष श्रीकृष्ण अदिकारी ९बिबेक ०को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६ नं निर्वाचन क्षेत्रका पार्टी संयोजक जनार्दन कटेल र निर्वाचन क्षेत्र ६ख का प्रदेश संयोजक चन्द्र राना, वाईसिल नेपाल केन्द्रीय सदस्य धिरज उपरकोटी र वाईसिल नेपाल केन्द्रीय सदस्य अर्जुन मग्रातीको उपस्थिती रहेको थियो । सो अवसरमा महिलाहरूलाई तिजको दर खुवाउने कार्यक्रम र नाचगान कार्यक्रमसहित हाल सरकारले गरेका काम बारे अन्तरकृया भएको थियो ।
वक्ताहरुले अहिले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सरकारले सरकारमा बसेर जनपक्षिय रूपमा सुशासन सहित भ्रष्टाचारीहरूलाई कार्बाही र जनपक्षिय काम गरेको बारे कामको बारे चर्चा गर्नुहुँदैर प्रशिक्षण समेत दिनुभएको थियो । प्रशिक्षण तथा छलफलका क्रममा वडाहरूमा जनताहरूले कस्तो अनुभव गर्न पाएका छन् र सरकारले अझै के गर्नुपर्छ भनेर स्थानीय कार्यकर्ता र जनताको रिपोर्टटिङ पनि लिईएको थियो ।
कार्यक्रममा स्थानीय महिला र पार्टी कार्यकर्ताहरू लगायत गरि३ सयको हाराहारमाको उपस्थिती रहेको थियो । तिजको दर खाने कार्यक्रमसहित राजनीतिक प्रशिक्षण दिई महिला दिदी बहिनीहरूलाई रूपान्तरण सहितको जनताको घर घरमा माओवादी भन्ने सन्देश दिईएको वाईसिल नेपाल केन्द्रीय सदस्य धिरज उपरकोटीले बताउनुभयो । आजको सम्पन्न भयको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्