कोरियामा एनआरएनए उपाध्यक्षद्वय शर्मा र श्रेष्ठ, नेतृत्व मध्यपुर्वले पाउनु पर्नेमा सबैको जोड
गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय राजेन्द्रकुमार (आरके) शर्मा र रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) दक्षिण कोरिया पुगेका छन् ।
उपाध्यक्षद्वयलाई एनआरएनए दक्षिण कोरियाले स्वागत गर्दै एनआरएनए अभियान र भावी नेतृत्वका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।एनआरएनएको अध्यक्षको दावेदारी गर्दै विश्व दौडाहमा निस्केका शर्मा दक्षिण कोरियामा रहेका नेपालीसँग भेटघाट तथा छलफल गरेका छन् । उनीसँगै अर्का उपाध्यक्ष श्रेष्ठ जापानबाट कोरिया पुगेका हुन्, उनले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
छलफलका क्रममा एनआरएनएको इतिहाँसमा सबै रिजनबाट नेतृत्व लिइसकेको अवस्थामा आगामी कार्यकालका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्नेमा सबै एकमत भएका छन् । एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङसहित कार्यसमिति तथा अन्य संघसंस्थाका अगुवाहरुको उपस्थितिमा उपाध्यक्षद्वयसँग छलफल कार्यक्रममा एनआरएनए एकताको अवस्था, भावी नेतृत्व तथा कोरियामा रहेका नेपालीहरुका मुद्धाहरु उठेका थिए ।सोही क्रममा मध्यपुर्व र दक्षिण कोरियामा रहेका नेपालीहरुका मुद्धा एकै भएकाले एनआरएनएमार्फत संवोधन गर्न आफु अगाडि बढेको शर्माको भनाई थियो ।
अध्यक्षका प्रत्यासी शर्माले कोरियामा रहेको नेपाली श्रमिक, विद्यार्थी तथा नेपाली दाजुभाई दिदीबहिनीका भोगाई,सिकाई, समस्या तथा संभावनाका बारेमा धेरै बुझ्ने मौका मिलेको र भोलिका दिनमा समस्या न्यूनीकरण तथा अन्य संभावना उजागरका लागि आफु अहारात्र लाग्ने प्रतिबद्धता जनाएका छन् ।
शर्माले भनेका छन्–‘सम्बृद्ध नेपाल बनाउन दक्षिण कोरियामा रहेका नेपालीहरुले यहाँ सिकेको सीप र प्रविधि र पुँजी भित्राउन आतुर हुनुहुन्छ यसमा हामीहरू सहकार्य गरेर अगाडि बढ्ने छौँ ।’कोरियामा रहेका नेपालीहरुसँगको भेटघाटपछि उपाध्यक्ष शर्मा हङकङ प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बरको अन्तिम साता काठमाडौंमा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एनआरएन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्