सन्दीपविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको छ।यस मुद्दाको पेसी यसअघि पटक पटक परे पनि अन्तिम सुनुवाइ हुन सकेको छैन् ।
यसअघि भदौ १० गते उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको थियो। तर ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि बिहीबारका लागि पेसी तोकिएको हो।
पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी ९गौशाला २६०की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णयसमेत गरेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्