Techie IT
शुक्रबार, जेठ १,२०८३

‘बुस्टर डोज’ खोप काठमाडौंमा फेरि दिइने


काठमाडौं । कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप काठमाडौंमा फेरि दिइने भएको छ । बुस्टर डोज खोप लगाउन छुटेकाहरूलाई यही भदौ २५ देखि ३० गतेसम्म अभियानकै रूपमा खोप लगाउन लागिएको हो ।

यसअघि पटक–पटक बुस्टर डोज लगाउन अनुरोध गरिए पनि धेरै नागरिक छुटेकाले अभियानकै रूपमा खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । सो क्रममा दोस्रो बुस्टर डोज पनि लगाउन सकिनेछ ।

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालय, नगर र सरकारी तथा गैरसकारी अस्पतालबाट खोप दिइने कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘बुस्टर डोज’ खोप, #hot


तपाईको कमेन्ट लेख्नुहोस्