नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दन काफ्लेले दिए राजीनामा
मकवानपुर, १९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्वीर सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
तर राजीनामाको कारण पार्टीको काम गर्न समय नपुगेको उल्लेख गरिए पनि उनको राजीनामाको कारण भने संसदीय दलका नेता लामासँगको सम्बन्धमा आएको समस्याको कारण रहेको स्रोतको दाबी रहेको छ ।
काफ्लेले लामालाई दलको नेता बनाउन सहयोग गरेका थिए । तर लामाले दलको नेता भएपछि काफ्लेलाई प्रदेशको मन्त्रिपरिषद्मा सहभागि नगराएपछि उनीहरुबीचको सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कुन्दन काफ्ले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्