मुख्यमन्त्री थापाले लिएको विश्वासको मतविरूद्वको रिट ‘हेर्दा हेर्दै’ मा
काठमाडौं, १८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले लिएको विश्वासको मतविरूद्व सर्वोच्च अदालतमा दायर रिट ‘हेर्दा हेर्दै’ मा परेको छ ।
पूर्ण इजलासमा सुनुवाई भएको रिट हेर्दा हेर्दैमा परेको हो । पूर्ण इजलासमा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् । अब मुद्दाको सुनुवाइ भोलि हुनेछ ।
हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले मुद्दालाई पूर्ण इजलासबाट टुंग्याउन आदेश दिएको थियो ।
मुख्यमन्त्री थापाले संसदबाट असंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोशी प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्