एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ: महासचिव पोखरेल
काठमाडौं, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आज बिहान चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ठ पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जबजको आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य सहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए ।
महासचिव पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलन विकासमा मुख्य तीन मोडहरू रहेका बताए । जसमा पुष्पलाल श्रेष्ठ९पार्टी स्थापना र संगठन० , मदन भण्डारी ९विचार० र केपी शर्मा ओली ९समृद्धि० रहेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्व नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको पनि बताए ।
कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोफेसर सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद, सि विचारधारा विषयमा प्रस्तुती राखेका थिए ।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुका हमाल, सहदेब देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता, मानबिर राई लगायतका नेताहरू रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्