एमालेको लुम्बिनी प्रदेश कमिटी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।
सो कमिटी सहमतिमा चयन गर्ने प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको हो ।
सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।
रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ ।
सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि असफल भएको बताएका छन् । खास गरी अध्यक्षमा आकाङ्क्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भएपनि असम्भव भएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
लुम्बिनी प्रदेश अधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने भनिए पनि अन्त्यसम्ममा सफल भएन । यसअघि सो अधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएका थिए । र, सहमतिका लागि नेतृ पद्यमा अर्याललाई जिम्मेवारी दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्