एमाले अध्यक्ष केपी ओली र अमेरिकी सिनेटरबीच भेटवार्ता
काठमाडौँ/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनु भयो।
भेटमा होलेनले दुई देशबीचको सम्बन्ध विस्तार र सहयोग आदान प्रदानलाई निरन्तरता दिँदै अघि बढ्न अमेरिका तयार रहेको बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ भनेर चासो समेत राख्नु भएको थियो। त्यसक्रममा उहाँले एमसीसी कार्यान्वयनमा गएकोमा नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई धन्यवाद दिनु भयो। जवाफमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन आफू प्रधानमन्त्री भएकै बेलादेखि सो सम्बन्धी विधेयक अघि बढाएको बताउनु भयो।
‘शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्याउने प्रयास गरेको हाम्रो अध्यक्ष तथा संसदीय दलको नेताले प्रष्ट राख्नु भयो। अहिले पनि संसदमा विधेयक आइसकेको छ। अव अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्वाङले जानकारी दिनु भयो।
भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र अन्जान शाक्य समेत सहभागी हुनुहुन्थ्यो । होलेनसँग नेपालस्थित अमेरिकी दूतावासका अधिकारी समेत हुनुहुन्थ्यो।
गत शुक्रबार नेपाल आएका होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य रहेका छन् । हेलेनले आइतबार नै सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नु भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्