कांग्रेस महाधिवेशन, निःशुल्क सवारीसाधन पार्किङ कहाँकहाँ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु: महाधिवेशनस्थल वरपर पार्किङका लागि ८ स्थान तय
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदै छ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि तथा सर्वसाधारणका सवारीसाधन व्यवस्थित गर्न ८ स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ। यातायात व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार निम्न स्थानहरूमा पार्किङको व्यवस्था गरिएको छ:
-
शुल्क लाग्ने पार्किङ स्थानहरू:
-
धरहराको अन्डरग्राउन्ड पार्किङ
-
दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल
-
-
निःशुल्क पार्किङ स्थानहरू:
-
बग्गीखानासँगैको साल्ट ट्रेडिङ पार्किङ स्थल
-
पुरानो बसपार्क क्षेत्र
-
भृकुटीमण्डपको बाहिरी एक लेन सडक
-
राष्ट्रिय सभागृह
-
नेपाल प्रज्ञा-प्रतिष्ठान परिसर
-
उपत्यका बाहिरका ठूला बसका लागि: माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भाग (ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा तय गरिएको)
-
सवारी आवागमनलाई सहज बनाउन कांग्रेसले आफ्ना प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई तोकिएकै स्थानमा सवारीसाधन पार्किङ गरेर महाधिवेशन स्थलमा आउन आग्रह गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निःशुल्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्