कांग्रेस महाधिवेशन उद्घाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?
असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज खुलामञ्चमा हुँदैछ। समारोहमा सहभागी हुन कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा पठाए पनि सबै दलका मुख्य प्रमुखहरू भने उपस्थित नहुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछाने स्वयं उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सभापति लामिछाने आफैँ कार्यक्रममा जाने तय भएको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समारोहमा सहभागी भई सम्बोधन गर्ने तयारी छ। प्रवक्ता प्रकाश ज्वाला र प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार संयोजक प्रचण्डको दैनिक कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी नहुने भएका छन्। बुवाको निधनको शोक (बरखी) मा रहेकाले ओलीको सट्टा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी भई शुभकामना मन्तव्य राख्ने उनको सचिवालयले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस महाधिवेशन उद्घाटनमा कुन–कुन दलका नेता सहभागी हुँदैछन् ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्