पहिलो कारोबार दिन २९.८१ अंकले घट्यो सेयर बजार
१७ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।
आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक ९३।०३ प्रतिशत० गुमाएका छन् । आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।
आइतबार थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४।१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ ।
लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्