बुलन्द समूह अब बुलन्द लिडरको खोजिमा गाउँ गाउँमा
काठमाडौं । नेपालका बिभिन्न स्थानियतहरुमा सार्बजनीक सुनुवाई गर्दे आएको बुलंद आवाज मिडिया प्रा लि ले अव स्थानिय सरकारहरू संगको सहकार्यमा सामुदायिक विद्यालय केन्द्रितूबुलंद लिडर खोजी अभियान कार्यक्रम शुरु गरेको छ।
सो अभियान अन्र्तगत पहिलो पटक धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका संगको सहकार्यमा पालिका भित्रका ९ वटा समुदायिक विद्यालयबाट पालिका स्तरिय वक्तित्वकला प्रतियोगितामा सहभागी १५० बिद्यार्थी भाइ बहिनीहरू मध्ये प्रतियोगि ४४ जना छनौटमा परेकोमा सोहि मध्ये बाट राष्ट्रिय स्तरमा आयोजना गरिने अन्तिम प्रतियोगीतामा भागलिन १० उत्कृष्ट लिडर छनौट भएका छन्।
कार्यक्रममा पालिका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया ९विवेक० उपाध्यक्ष श्री टाप बहादुर श्रेष्ठ निमित्त प्रशासकीय अधिकृत बोधराज पाठक ५,३,१ नम्बरका वडा अध्यक्ष हरू,शिक्षा समितिका सदस्य हेमनाथ थपलिया,शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेल,सहभागी ९ वटै विद्यालयका प्रधानाध्यापक एवं शिक्षक शिक्षिका हरूको उपस्थिति रहेको थियो ।
त्रिदिवसिय उक्त कार्यक्रममा बुलंद आवाज मिडिया तथा अभियानका संयोजक,टेलिभिजन कार्यक्रम प्रस्तोता राजन नेपालले प्रशिक्षण दिनुभएको थियो भने अन्तिम दिनको कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कृषक समुह महासंघ नेपालका संस्थापक अध्यक्ष उद्धव अधिकारी,प्राध्यापक एवं साहित्यकार शिव त्रिपाठी र पत्रकार एवं साहित्यकार बिमल नेपाल हुनुहुन्थ्यो।
बुलंद आवाज मिडिया प्रा लिले संचारका गतिबिधिहरुसंगै बिभिन्न सामाजिक कार्य पनि गर्दे आएको छ ।
धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिमा बुलन्द लिडरको खोजि
क्याटेगोरी : समाचार
ट्याग : #बुलन्द समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्