नेपालकाे भुमी समेटेर नक्सा प्रकाशन त्रुटिपूर्ण ब्यबहार : नैनसिंह महर
काठमाडौ, १५ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग नक्शा समावेश नगरिनु चीनको त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् ।
चीन सरकारले हालै सार्बजनिक गरेको नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन ।
नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र नेविसंघका नेताहरू संग काठमाडौंमा भएक छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको ब्याभारबाटै प्रष्ट भएको उनको भनाइ छ ।
नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने उनको भनाइ छ ।
ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी भने, ” नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #नैनसिंह महर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्