सत्ता साझेदार दलबीच खटपट छैन : अग्नि सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएका छन् ।
शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले उठाएको विषयबारे सञ्चारकर्मीको जवाफमा सापकोटा भन्छन्, ‘ एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो । राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन ।”
उनले गएको कांग्रेस केन्द्रीय समिति बैठकले दृढ रहने निर्णय गरेकोले पनि त्यस्तो नहुने सुनाए ।
त्यस्तै, उनले एमसीसीबारे पार्टी १२ बुँदे व्याख्यात्क घोषणाा सम्झौताको अंग बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए । “व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । सार्वभौम संसद्ले पास गरेको कुरा हो,” उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा, #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्