क्रिकेटर सन्दीप लामिछाने एशिया कप खेल्न गए पाकिस्तान
काठमाडौं, ११ भदौ । क्रिकेटर सन्दीप लामिछाने एशिया कप खेल्न पाकिस्तान गएका छन् ।
उनी टीम भन्दा पछि एक्लै पाकिस्तान गएका हुन् । उनी बाहेकको टीम केही दिनअघि नै पाकिस्तान पुगिसकेको छ । सन्दीप भने मुद्दाका कारण टीमसँगै जान पाएका थिएनन् ।
पाकिस्तान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै एशिया कपमा राम्रो गर्ने बताए ।
भारत र पाकिस्तानविरुद्ध राम्रो खेलेर मन जित्ने बताउँदै उनले आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए। आफूहरूको लागि यो खुशीको पर्व भएको भन्दै सधैँ यस्ता टीमसँग खेल्न नपाउने उनको भनाइ छ ।
उनलाई त्रिभुवन विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए । नेपालले एशिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्