हिम रश्मीले गर्यो कक्षा ११ मा भर्ना हुनेलाई स्वागत र १२ उत्तिर्ण विद्यार्थी अभिनन्दन कार्यक्रम
भदौ, काठमाडौं । हिम रश्मि हाई स्कुल तथा कलेजले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गरी अभिन्नदनका साथ बिदाई गरेको छ । तारकेश्वरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिम रश्मीले विद्याथीहरुलाई उच्च शिक्षाका लागि विश्वका जुनसुकै क्याम्पसहरुमा गएर पढ्न सक्ने बनाएर बिदाई गरेको विद्यालयका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।
खड्काकाअनुसार करिव ६० जना विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामनासहित बिदाई गरिएको छ । त्यस्तै यसैपटक विज्ञान र व्यवस्थापनमा गरी कक्षा ११ मा भर्ना भएका करिव १०० जना विद्यार्थीहरुलाई स्वागत समेत गरेको छ । सो कार्यक्रममा वेलहाम्स क्याम्पसका प्रमुख प्रा.डा. लोकेन्द्र शेरचनले उच्च शिक्षाका लागि आफ्नो नजिकका क्याम्पसहरुमा पनि आफुले चाहेको विषय पाएमा ठूला क्याम्पसहरुमा जान नपर्ने बताउनुभयो ।
शेरचनले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई एसईई जस्तै उत्कृष्ट गरेर अध्ययन गरे विद्यार्थीले जहाँ गएर भएपनि आफ्नो भविष्य राम्रो हुने बताउनुभयो । कार्यक्रममा नागरिक सचेतना समाज नेपालका अध्यक्ष तथा विद्यालयका सल्लाहकार प्रा.श्यामकृष्ण विष्ट न्यू एरा स्कुलका राजेश रायमाझी लगायत अतिथिहरुले कार्यक्रममा शुभकामना दिनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #हिम रश्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्