Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सुन तस्करीमा मुछिएका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीहरुको सरुवा : एमाले सचेतक महेश बर्तौला


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरुलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गर्ने काम गरेको बताउनुभएको हो । आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले सिआईबी लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरुलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर समेत गर्नुभयो ।

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान समेत दोहोर्‍याउनुभयो ।

सचेतक बर्तौलाले एमालेले संसद बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन उच्चस्तरीय समिति भने बन्नुपर्ने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सचेतक महेश बर्तौला


तपाईको कमेन्ट लेख्नुहोस्