Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तारकेश्वरमा ‘लम्पी स्किन’ बाट प्रभाबित किसानलाई क्षतिपुर्ति र पुर्नस्थापनाको माग गर्दे किसान महासंघले बुझायो ज्ञापन पत्र


तारकेश्वर काठमाडौं । अखिल नेपाल किसान महासंघ तारकेश्वर नगर कमिटीले पछिल्लो समय पशुमा देखिएको लम्पी स्किन जस्तो महामारी रोगका कारण पशुपालक किसानलाई पुगेको आर्थिक क्षतिलाई न्यूनिकरण गर्न नगरपालिकाको ध्यानाकर्षण गदै ज्ञापन पत्र बुझाएको छ ।

महासंघले तारकेश्वर नगरपालिकाको कार्यबाहाक मेयर सृजना बुर्लाकोटी लाई ज्ञापन पत्र बुझाएको अखिल नेपाल किसान महासंघ तारकेश्वर कमिटीका अध्यक्ष सरोज खतीवडाले बताउनु भयो । लम्पी स्किन रोगलाई महामारीको रुपमा घोषणा गरिनुपर्ने, रोगका कारण पशुबस्तुमा क्षति पुगेका किसानलाई क्षतिपुर्ति र पुर्नस्थापनाको लागि पर्याप्त बजेट सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर्नुपर्ने, रोगको नियन्त्रणकारी पर्याप्त भ्याक्सिन र प्राविधिकको व्यवस्था द्रुतगतिमा किसानलाई उपलब्ध गराउनु पर्ने , लम्पी स्किन रोग बाट मरेका पशुको वास्तविक लागत संकलन गरीनु पर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझेपछि कार्यबाहाक मेयर सृजना बुर्लाकोटीले महामारीका रुपमा देशै भर महामारीका रुपमा फैलिएको रोग भएकोले यसको रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले मात्र सम्भव नहुने भएकोले प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर पशुपालक कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । लम्पी स्किनबाट कति गाई बस्तु मरे भन्ने यकिन बिवरण नभएकाले कृषि तथा पशुपशीं शाखा मार्फत बिवरण संकलन गरी कृषकलाई राहातको कार्यक्रम घोषणा गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतम , सचिव राजु तिमिल्सिना , अखिल नेपाल किसान महासंघ नगर ईन्चार्ज सुजाता अधिकारी , जिल्ला अध्यक्ष बलराम धिताल सहित किसान र किसान अभियान्ताहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा ‘लम्की स्किन


तपाईको कमेन्ट लेख्नुहोस्