बालेनले गरे संघीय सरकारसंग सहमति : बागमती किनारका नक्कली सुकुम्बासीलाई गाउँ फर्काइने, सक्कलीलाई इचंगुनारायण सारीने
काठमाडौं । बागमती नदीको किनारमा बसोबास गरिरहेका नक्कली सुकुम्बासीहरुलाई उनीहरुकै गृहजिल्लामा फर्काउन संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच अनौपचारिक सहमति जुटेको छ । प्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहवीच मंगलबार भएको छलफलमा बागमती कोरिडोरको बस्ती हटाउनेबारे सैद्धान्तिक सहमति जुटेको हो ।
नदी किनारका सुकुम्बासी हटाउन सैद्धान्तिक सहमति जुटे पनि कसरी हटाउने भन्नेबारे महानगर र संघीय सरकारबीच सहमति जुट्न सकेन । बालुवाटारमा भएको दुई तहका सरकारबीचको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ र सामान्य प्रशासन मन्त्री अनितादेवी साह लगायतको उपस्थिति थियो । सम्बन्धित मन्त्रालयका सचिवहरु पनि बैठकमा सहभागी थिए ।
बालुवाटारमा भएको दुई तहका सरकारबीचको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ र सामान्य प्रशासन मन्त्री अनितादेवी साह लगायतको उपस्थिति थियो । सम्बन्धित मन्त्रालयका सचिवहरु पनि बैठकमा सहभागी थिए । छलफलमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहितको टोली सहभागी थियो ।
छलफलमा सहभागी बनेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले तीनकुनेको सरकारी जग्गाको अवस्थाबारे विवरण पेश गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार मेयर शाहले सुकुम्बासीलाई तत्कालै नदी करिडोरबाट हटाएर एउटा अस्थायी शिविरमा राखेर ‘फास्ट ट्रयाक’ मा लगत संकलन एवं छानविन प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।
तर, प्रधानमन्त्री दाहालले राज्य क्रुर बन्न नमिल्ने भन्दै पहिले लगत संकलन गरेर विकल्पसहित हटाउनुपर्ने प्रस्ताव गरे । सुकुम्बासीका छोराछोरी विद्यालयमा पढिरहेको हुनाले उनीहरुमाथि पनि असर पार्न नहुने भन्दै प्रधानमन्त्री दाहालले भूमि आयोग र काठमाडौं महानगरपालिकावीच भएको सहमतिअनुसार नै प्रक्रिया अगाडि बढाइनुपर्ने छलफलमा बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बागमती किनारका नक्कली सुकुम्बासी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्