सुन तस्करी प्रकरण : एमाले सचिवालय बैठकले निकाल्यो यस्तो निष्कर्ष
काठमाडौं, २९ साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा राज्यले गरेको अनुसन्धानमा आशंका पैदा भएको भन्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको निष्कर्ष निकालेको छ ।
आज सोमबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सुन तस्करी प्रकरणमा अहिलेसम्म भरियाबाहेक अरुलाई पक्राउ गर्न नसकेको अवस्थाले राज्यले गर्ने अनुसन्धानमा आशंका पैदा भएकाले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको औचित्य पुष्टि हुदै गएको निष्कर्ष निकालेको हो ।
छानबिनमा भइरहेको ढिलासुस्तीले प्रमाण नष्ट हुँदै गएको र अनुसन्धान फितलो भएको एमालेको ठहर छ । बैठकपछि एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे बैठकमा गम्भीर छलफल भएको र छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य रहेको निष्कर्ष रहेको जानकारी दिए ।
अनुसन्धानमा भएको ढिलाइले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम रहेको उनले बताए ।
त्यस्तै, बैठकले बाढीपहिरोका कारण निकै क्षति भएको, राजमार्ग अवरुद्ध भएको अवस्था तत्काल पीडितहरुको उद्दार, राहत र पुनसंस्थापनाको प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने प्रदेश अधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकले कञ्चनपुरमा राष्ट्रिय युवासंघको जिल्ला अधिवेशनमा भएको गतिविधि आपत्तिजनक भएकाले छानबिन गरि समस्या समाधान गर्न उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्