ब्राउन सुगरसहित २ जना पक्राउ
भैरहवा । प्रतिबन्धित अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका ५ पुरैनी बस्ने २० वर्षीय सुरज थारु र उक्त गाउँपालिका–३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले २ ग्राम २० मिलिग्राम ब्राउन सुगर र खुकुरी एक थान समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीको टोलीले उनीहरू सवार लु ८५ प ४५५८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा शुद्धोधन गाउँपालिका ३ दोगाना चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । पछिल्लो समय रुपन्देही प्रहरीले आफ्नो सक्रियता बढाएसंगै अपराधीहरु धमाधम नियन्त्रणमा आइरहेको प्रहरी उपरीक्षक भरत बहादुर बिकले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्