जिल्ला कारागार संखुवासभामा दुई जना कैदीबन्दीको मृत्यु
कुटपिटको आरोपमा ७ कैदीबन्दी प्रहरीको नियन्त्रणमा
संखुवासभा – जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीहरूबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो । यो कारागार २५ जना क्षमताको हो ।
मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश वलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । संखुवासभा मादी नगरपालिका ५ का अर्का मृतक विनोद तोलांगी जबर्जस्ती करणीमा मुद्दामा जेल सजाय भोगिरहेका थिए ।
कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई कारागारमै राखिएको केही बेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #जिल्ला कारागार संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्