Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

काठमाडौंको तारकेश्वर चोगाउँमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु


काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका– ३चोगाउमा मा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उनका अनुसार शनिवार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा पहिरोले घर पुरिँदा खस्दा बाबुछोरीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्