Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

युवा संघ टोखा ५ को अध्यक्षमा शिव बस्नेत , अरु को को ? ( सूचि सहित )


टोखा काठमाडौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले टोखा ५ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।  सो अधिवेशनबाट बाट शिव बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गरेको छ । जसमा उपाध्यक्षमा सोमराज गुरुङ्ग , सचिवमा बिना लामा , सहसचिवमा पल्लभ मानन्धर , जुना बस्नेत र कोषाध्यक्षमा सुनिता खवास रहेका छन ।

कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष मदन गुरुङ्ग , वडा सदस्य अन्जना बोहोरा , युवासंघका केन्द्रिय सचिवालय सदस्य , अमित पौडेल , जिल्ला अध्यक्ष सन्तोष अर्याल , नगर कमिटि अध्यक्ष अमर डंगोल , सचिव सरोज के.सी लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #युवा संघ टोखा ५


तपाईको कमेन्ट लेख्नुहोस्