सामाखुसी खोलाको स्ल्यावमाथी निमार्ण भएको प्रहरी चौकीमा महानगरपालिकाको डोजर
काठमाडौं महानगरपालिकाले सामाखुसी खोलाको बहाव क्षेत्र छोप्न गरिएको सिमेन्ट ढलान फुटाउन थालेको छ ।
नियम अनुसार छाड्नुपर्ने क्षेत्र नछाडी घर बनाएर खोलालाई पक्की ढलान गरेर छेकेको भन्दै शुक्रवारबाट महानगरले ढकाल फुटाउन थालेको हो ।
महानगरपालिकाले वसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुसी खोलामाथिको कङ्क्रिट भत्काउन थालेको हो । सो क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्रको स्ल्याब भत्काउने महानगरको तयारी देखिन्छ ।
खोला किनारमा घर बनाउँदा ४ मिटर क्षेत्र छोड्नुपर्ने नियम समेत स्थानीयले पालना नगरेको महानगरको दाबी छ । उनीहरूले नियम अनुसार छाड्नुपर्ने जग्गा नछाडी खोलामाथि स्ल्याब राखेर बाटोको रूपमा प्रयोग गरेको महानगरको दाबी छ ।
महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
यसै बिच आज सो स्यालवमाथी निमार्ण भएको रानीबारी प्रहरी बिट भत्काएको छ । सो चौकी निजीकै सार्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सामाखुसी खोलाको स्यालवमाथी निमार्ण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्