सामाखुसी खोलामा अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू
काठमाडौं महानगरपालिकाले सामाखुसी खोलाको बहाव क्षेत्र छोप्न गरिएको सिमेन्ट ढलान फुटाउन थालेको छ ।
नियम अनुसार छाड्नुपर्ने क्षेत्र नछाडी घर बनाएर खोलालाई पक्की ढलान गरेर छेकेको भन्दै शुक्रवारबाट महानगरले ढकाल फुटाउन थालेको हो ।
महानगरपालिकाले वसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुसी खोलामाथिको कङ्क्रिट भत्काउन थालेको हो । सो क्षेत्रको करिब पाँच किलोमिटर क्षेत्रको स्ल्याब भत्काउने महानगरको तयारी देखिन्छ ।
खोला किनारमा घर बनाउँदा ४ मिटर क्षेत्र छोड्नुपर्ने नियम समेत स्थानीयले पालना नगरेको महानगरको दाबी छ । उनीहरूले नियम अनुसार छाड्नुपर्ने जग्गा नछाडी खोलामाथि स्ल्याब राखेर बाटोको रूपमा प्रयोग गरेको महानगरको दाबी छ ।
महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
उनका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो’अहिले खोलाको ‘राइट अफ वे’ खोल्ने कार्य गरिएको हो।’
यस्तै खोलालाई प्राकृतिक रूपमा बग्न दिन अतिक्रमित गरी बनाइएका भैतिक संरचना हटाउन सुरू गरिएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सामाखुसी खोलामा अतिक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्