साङ्गलाका तिन विद्यार्थी , जसले एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गरे
तारकेश्वर काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डद्धारा २०७९ सालमा संचालन गरिएको तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलाबाट ३ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन ।
संस्थागत बिधालय अन्र्तगत ल्याण्डमार्क एकेडेमीकी छात्रा प्रसुना ढुंगाना ३.९५ जीपीए, संस्थागत बिधालय अन्र्तगत पद्मचक्र स्कुलका छात्र आगमन श्रेष्ठ ३.९५ जीपीए र सामुदायीक बिध्यालय अन्र्तगत कुञ्चिप्वाकल मा.बि का छात्रा नम्रता तिमलसिनाले ३.५० जीपीए प्राप्त गरेर वडा नं १ मा सर्वोउत्कृष्ट विद्यार्थी भएका छन ।
यसै बिच नेकपा एमाले साङ्गला कमिटिले एसईई परिक्षामा उर्तीया हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । चुनीदेवी मन्दिर प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा वडाभित्रका तिन विद्यालयका विद्यार्थी सहित वडाभित्र बसोवास गरि अन्य स्कुलबाट एसईई परिक्षामा उर्ती हुने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित विद्यार्थीहरुलाई वाग्मती प्रदेशका सांसद अमन मास्के , टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , वडा अध्यक्ष बिदुर सापकोटा , स्थानिय एमालेका नेतृव्व लगायतले उनीहरुलाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने बताए । यस्तै प्रदेश सभा सदस्य अमन मास्केले सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै विषय पढे पनि उत्कृष्ट हुनुपर्ने विद्यार्थीलाई सुझाव दिए । विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिए ।
वडा नं १ मा साङ्गला बालकुमारी मा.वी , ल्याडमार्क एकेडेमी र कुञ्चिप्वाकल मा.बि गरि ३ वटा माध्यामिक बिधालय रहेका छन ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा सार्वजनिक गरिएको एसईईको परीक्षाफल अनुसार सबैभन्दा बढी अर्थात् ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बोर्डका सदस्य(सचिव दुर्गाप्रसाद अर्यालका अनुसार यो १।९४ प्रतिशत हो।
त्यस्तै, एसईईमा ३।२ देखि ३।६ जीपीए ल्याउने विद्यार्थी ४१ हजार ६२७ जना छन्। यो ८।४० प्रतिशत हो।
यसै गरी, २।८ देखि ३।२ जीपीए ल्याउने ६९ हजार ९०० अर्थात् १४।१ प्रतिशत, २।४ देखि २।८ जीपीए ल्याउने ९० हजार ५५८ अर्थात् १८।३१ प्रतिशत छन्।
सबैभन्दा बढी विद्यार्थीले २।० देखि २।४ जीपीए अङ्क ल्याएका छन्। यी विद्यार्थी संख्या एक लाख १२ हजार ७३३ रहेको छ। यो २२।७४ प्रतिशत हो।
त्यस्तै, १।६ देखि २।० जीपीए ल्याउने विद्यार्थी एक लाख ५९४ जना अर्थात् २०।२९ प्रतिशत छन्। एसईईमा १।२ देखि १।६ जीपीए ल्याउने विद्यार्थी ४४ हजार ५८६ जना अर्थात् ८।९९ प्रतिशत रहेको बोर्डले जनाएको छ।
सबैभन्दा कम अर्थात् ०।८ देखि १।२ सम्म ल्याउने विद्यार्थी तीन हजार २८० छन्। यो ०।६६ प्रतिशत हो।




क्याटेगोरी : समाचार
ट्याग : #कुञ्चिप्वाकल मा.बि, #ल्याण्डमार्क एकेडेमी, #साङ्गलाका तिन विद्यार्थी, #साङ्गलाबाट ३ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्