१०० किलाे सुन तस्करी प्रकरण : टाेखामा सुन गाल्ने कारखाना र होटल भियनामा छापा, एक जना पक्राउ
त्रिभ्रवन विमानस्थलकाे भन्सार भएर सिनामंगलबाट बरामद भएकाे १०० किलाे सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा हानेकाे छ ।
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि विभागको एक टोलीले उक्त होटलबाट एक बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । आइतबार विभागको टोलीले भियनाबाट केही कागजपत्र तथा सामग्रीहरु समेत बरामद गरेको छ ।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा हानेको हो ।
यसैगरी,शनिबार राति राजश्व अनुसन्धानकाे टाेलीले काठमाडाैंकाे टोखाकाे एक कारखानामा पनि छापा मारेको थियाे । उक्त फ्याक्ट्रिमा सुन गाल्ने र रि-फ्रेम गरी सुनकाे ढिक्कामा परिणत गर्ने गरिएकाे थियाे ।
त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन समात्ने तथा राख्ने ह्याण्डलहरु फेला पारेकाे छ । उक्त घर शनिबार राती नै शिल गरिएकाे थियाे ।
हालसम्म सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट, कर्मचारी र केहि तस्सकर गरी कुल १८ जनालाई नियन्त्रणमा लिइएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टाेखामा सुन गाल्ने कारखाना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्