Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

रेणु अधिकारीद्धारा लिखित एक पोल्टो बादल माथि अन्तरक्रिया कार्यक्रम


काठमाडौ । साहित्यकार रेणु अधिकारी मौनताद्धारा लिखित लघुकथासंग्रह ‘एक पोल्टो बादल’ माथी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केहि समय अगाडीमात्र कल्पलता द्वैमासिकको आयोजनामा साहित्यकार रेणु अधिकारी मौनताको लघुकथासंग्रह ‘एक पोल्टो बादल’ को लोकार्पण भएको थियो।

सोही अनुरुप टोखा नगरपालिका वडा नं ५ को सभाहलमा लघुकथा समाज नेपालको आयोजनामा एक पोल्टो बादल’ माथी परिचर्चा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ्ग , वडा अध्यक्ष मदन गुरुङ्ग , लेखक शैलेन्द्र प्रकाश नेपाल , श्रीओम श्रेष्ठ , दीपक लोहनी ,नर बहादुर बि.सी , उमेश पाण्डे , नवराज रिमाल र राजेश खनाल , गोपाल अस्क , तुलसीहरी कोइराला , लेखक तथा पूर्व वडा अध्यक्ष जोग प्रसाद नेपाल लगायतका लेखक , कवि तथा साहित्यकारहरुको उपस्थीती रहेको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एक पोल्टे बादल, #णु अधिकारी, #रेणुअधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्