टोखा , तारकेश्वर नार्गाजुनमा मर्निङवाक हिँडिरहेका महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
काठमाडौं, असार । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन्।
ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरूले सुनको सिक्री लुटपाट गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लुटपाटमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षत्री र धनकुटाका राहुल माझी, भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षीय श्रीकान्त माइतीलाई पक्राउ गरेको जानकारी गराएको हो।
पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाको सुनको सिक्री लुटिनेक्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा। मनोजकुमार केसीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘बिहानीपख विशेषतः मर्निङ वाकमा निक्लिने महिलाको सुनको सिक्रीहरू लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु गर्यौ। यो अनुसन्धानलाई अगाडि बढायौँ। यसमा गर्नुपर्ने संलग्न रहेको पाइयो। यसमा चार जनालाई पक्राउ गरियो। बाइकहरूको प्रयोग गरेर उनीहरूले लुटेका हुन।’’ लुटपाट कार्यमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ।
उनीहरूको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका दुई वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ। लुटिएको सुनको कारोबार गर्ने कार्यमा संलग्नको खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले जानकारी दिनुभयो।
कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरूले सुनको सिक्री लुटपाट गरेको खुलेको र सिसिटिभि लगायतका माध्यमबाट अनुसन्धान पछि उनीहरूलाई पक्राउ गरिएको केसीले बताए ।
पक्राउ परेका मध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरिको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरूले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबाट सुनको ढिक्का एक थान, सिक्री लुटपाट गर्न प्रयोग भएको दुईवटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मर्निङवाकमा हिँडिरहेका महिलाहरुको सुनको सिक्री लुटपाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्