Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

लम्पी स्किन रोगको कारण , भिमसेन तिनमा कृषकलाई सास्ती !


गोर्खा, 25 असार
अमृत खनाल

गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ । असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा वर्षभरि खेतीपाती गर्नका लागि गोठमा पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन् । लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको भिमसेन थापा गाउँपालिका–३ सिमलफेदको विष्णुप्रसाद खनालले बताउनु भयो ।

“रोपाइँ गर्ने बेलामा गोरु मयो”, उनले भने, “धेरै किसानको गोठमा गोरु बिरामी छन्, रोपाइँ गर्न मुश्किल भएको छ ।” लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बन्नुभएका खनालले अब रोपाइँ गर्नका लागि ट्याक्टर खोज्न थालेको बताउनुभयो ।

रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसानलाई रोपाइँको चिन्ता परेको छ । “खेताला पनि पाउन गाह्रो छ”, खनालले भने ।

लम्पी स्किनले गोरु मरेपछि गण्डकी गाउँपालिका–3 फुजेल किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय बिष्णु प्रसाद पन्तले बताए । “कसैको हल गोरु नै मरेको छ, कसैको एउटा मरेर हलपाटे बनेको छ”, उनले भने, “जसको गोठमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ । गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन ।”

बिष्णु प्रसाद खनाल बताउनु हुन्छ ,हिजो मात्रै सिमलफेदको एक कृषक कृष्ण बहादुर बन्जराको गोरुको मृत्युु भएको छ !!
कृष्ण बहादुर भन्छन् वडा र गाउपालिकाबाट केही क्षतिपूर्ति दिनु हुन्छ कि भन्ने आस छ !! किसानहरुको समस्या कसले बुझ्छ । कहिले मल नपाएर समस्या कहिले गोरु मरेर कसरी कृषिमा फड्को मार्न सकिन्छ भनेर बन्जरा बताउछन् ।

गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताउनु भयो । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार गोरु मरिसकेका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण फैलिएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्