फेकन महाधिवेशन : प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको आगामी २३ गते हुने महाधिवेशनका लागि प्रज्वल बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ। फेकनको नयाँ नेतृत्वका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। बस्नेत नेतृत्वको प्यानलमा उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्ट छन्।
दुलाल र बस्नेत बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। यसैगरी महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने भएका छन्। सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेत नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
Ismt college फेकन नयाँ कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी दिने भएका छन्। फेकन नयाँ कार्यसमितिका लागि सहमतिको प्रयास भएपनि दुई पक्षबीच सहमति जुट्न नसकेपछि प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #फेकन महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्