रबिन तामाङको पोस्टमार्टम रिपोर्टमा के देखियो ?
काठमाडौं असार २१ । चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।
त्रिवि शिक्षक अस्पताल महाराजगन्जका फोरेन्सिक विज्ञ डा। गोपाल चौधरीले रातोपाटीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले पोस्टमार्टम गर्दा प्रारम्भिक चरणमा मुटुमा समस्या देखिएको जानकारी दिँदै मृत्युको मुख्य कारण भने यकिन भइनसकेको बताए । डा। चौधरीले तामाङको रगत र भिसेरा परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्टको परीक्षणपश्चात् मृत्युको कारण थाहा हुने जानकारी दिए ।
तामाङको शव परिवारले बुझिसकेको छ । उनको अन्त्येष्टिको समय भने खुल्न बाँकी छ । तामाङ मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #पोस्टमार्टम रिपोर्टमा के देखियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्