माओवादीको प्रष्टीकरण- प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन
काठमाडौं असार २१ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिने बताए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेको छ ।
उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’
मिटरव्याजपीडित र भ्रष्टाचारविरुद्ध सरकार उभिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा आफ्नो कुरा नराखी सदन अवरोध गर्नु ठीक नभएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्