जिल्ला अदालतमा वरिष्ठ अधिवक्ताको लर्को, अमिर-प्रेमिका हातपात प्रकरण
काठमाडौं असार १८। ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको घटना चर्किएको छ। तर, कानून व्यवसायीहरुले नासु प्रेमिकाले आदेशको फाइल हेर्न घुस मागेको आरोप लगाएका छन्।
ललितपुर बार अध्यक्ष राम श्रेष्ठले सेवा लिन जाने कानून व्यवसायीमाथि नै मुक्का प्रहार गरेको आरोप लगाए।
उनले भने, ‘लेनदेनको कुरा उहाँले गर्नुभएको छ। त्यसमा सहमत नभएपछि उल्टै हाम्रो कानून व्यवसायीमाथि यो घटना बाहिर आएको अवस्था छ। यो घटनालाई तत्काल न्यूनिकरणका लागि हामीले प्रशासनसँग अदालतसँग सम्पर्कको कोसिस गर्यौं। तर, त्यो दिन सम्पर्क हुन सकेन। १५ गते हामीले अदालत प्रशासन, बार एसोसियसन, स्वम पीडितसँग बसेपछि सहमति नजिक पुग्दैथियौं।’
प्रेमिकालाई बाहिरको व्यक्ति आएर लगेपछि कुरा विग्रिएको उनको भनाइ छ। तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका लामिछाने भने छुटिसकेका छन्।
नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानून व्यवसायीहरूले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगरी आन्दोलनमा उत्रिएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #breakaing, #अमिर-प्रेमिका हातपात प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्