गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगलागी
काठमाडौं, १८असार , जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित समुदायका युवाले गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगजनी गरिएको छ।
किशोरी पक्षले घरमा आगो लगाएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ ।
गिडीखोलाका लोकेन्द्र नेपालीले असार ११ गते गाउँकै गिरी थरकी किशोरीलाई भगाएका थिए। त्यसको चार दिनपछि शनिवार राति उनको घरमा आगलागी भएको हो।
आगजनी गरेको आरोपमा २१ वर्षीय हिक्मत गिरी आइतबार पक्राउ परेका छन्। उनी किशोरीका दाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ परेका गिरीलाई आज म्याद थप गरिनेछ। उनी विरुद्ध आइतबार नै लोकेन्द्रका दाइ भरतले जाहेरी दिएका थिए।
भरतका अनुसार २१ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। केही महिनादेखि गाउँमै बसेका उनले गाउँकै १४ वर्षीया गिरी थरकी किशोरी भगाएर लिएका थिए।
‘भाइले भगाएको कुरा मैले माइती पक्षबाटै सुनेको हो, उनीहरू मेरो सम्पर्कमा पनि छैनन्,’ भरतले भने, ‘म जुम्लामा बस्छु, घरमा बस्ने भाइहरू कोही नभएको बेला शनिवार आगो लगाइएछ। उक्त घर चार वर्षअघि मात्र बनाइएको हो ।’
प्रहरीका अनुसार लोकेन्द्र र उनीसँग भागेकी युवतिको खोजी भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #किशोरी भगाएपछि घरमा आगजनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्