मनमैजुका नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्त भोला दाहालले आइतबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएका छन् । दाहालका अनुसार उनीहरूलाई सेवाग्राहीसँग १ लाख ७५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारले घुससहित पक्राउ गरेको थियो ।
उपरकोटी र कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
दाहालका अनुसार नापी सर्भेक्षक उपरकोटीविरुद्ध १ लाख ७५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो । अख्तियारले उनीविरुद्ध बिगोबमोजिम जरिवाना तथा कैद सजायको समेत माग गरेको छ ।
त्यस्तै लेखापढी व्यवसायी कार्कीविरुद्ध पनि अख्तियारले १ लाख ७५ हजार बिगो कायम गरेको छ । उनीविरुद्ध पनि बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको प्रवक्ता दाहालले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भ्रष्टाचार मुद्दा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्