संखुवासभाको मादीमा मनाईयो धान दिवश ( फोटोफिचर भिडियो )
मध्य असार हुँदापनि संखुवासभामा मुस्किलले ७ प्रतिशत मात्रै रोपाइ
संखुवासभाको मादी नगरपालिका- ४ ओखरबोटेमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ ।

मादी नगर स्तरीय महिला संजाल र मादी नगरपालिकाको आयोजनामा पहिलो पटक ओखरबोटेको मादी उच्च मा.बि विद्यालय छेउमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवका अवसरमा खेतमा धान रोपाइँपछि दही चिउरा खाएर मनाइएको थियो। “कृषि नै जीवनको मुल आधार, वितरणमूखी भन्दा पनि कृषिमा प्रोत्साहन” भन्ने नाराका साथ धान दिवस मनाइएको नगर उपप्रमुख सुनिता भटराई दाहालले बतानुभयो ।

मादी नगरले यो बर्षको बजेट कृषिमूखी बनाएको नगर प्रमुख जीवन लिंथेपले बताउनु भयो । उँहाले भन्नुभयो- यस पटक नगरसभाले वितरणमूखी भन्दा पनि कृषिमा प्रोत्साहन गर्ने खाल्को नीति ल्याएका छौ । बाझो जग्गालाई कृषि उत्पादनमा बढावा दिने कृषकलाई पुरस्कृत गर्ने निती ल्याएको नगर प्रमुख लिंथेपले बताउनु भयो ।
मध्य असार हुँदापनि संखुवासभामा मुस्किलले ७ प्रतिशत मात्रै रोपाइ भएको छ । विश्व धान दिवश मनाउने क्रममा कृषि ज्ञान केन्द्रले ७ प्रतिशतमात्रै रोपाई भएको जनाएको हो । भरपर्दो सिंचाई सूबिधा उपलब्ध नहुँदा ९५ प्रतिशत खेत बाझै रहेको हो । अहिले परेको पानीले सबैतिर रोपाई हुन सक्ने अवस्था नभएको कृषि ज्ञान केन्द्र संखुवासभाको भनाई छ ।








क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, भिडियो, वातावरण-कृषि, समाचार
ट्याग : #hot, #धान रोपाई, #फोटो फिचर, #राष्ट्रिय धान दिवस, #संखुवासभा, #संखुवासभाको मादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्